काठमाडौँ । यो वर्षको जाडोयाम आजबाट समाप्त भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम समाप्त भएसँगै प्रि-मनसुन शुरू हुन लागेको हो ।
प्रि-मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन/चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ ।
यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ ।
महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान बुलेटिनमा मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
