• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

तीन सातापछि पुन: सञ्चालनमा आयो रसुवागढी नाका


  • खुला नेपाल
  • शुक्रबार, फाल्गुन २१, २०७७
  • 13.7K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । ल्होसारका कारण बन्द नेपाल–चीन व्यापारीक नाका रसुवागढी आजदेखि सञ्चालनमा आएको छ । माघ २९ गतेदेखि बन्द नाका आजदेखि खुलेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नेपाली व्यावसायीको सामान बोकेका ७ वटा कन्टेनर केरुङबाट नेपालतर्फ आउँदै गरेको भन्सार प्रमुख रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । नाका खुल्ने सम्बन्धी जानकारी चिनियाँ अधिकारीहरुले बिहीबार बेलुकी नेपाल पक्षलाई गराएका थिए ।

भन्सार प्रशासन खुल्लै रहे पनि कामदार छुट्टीमा गएपछि २३ दिनदेखि नाकाको व्यापार ठप्प बनेको थियो । नाका खुलाउनेबारे चिनियाँले कुनै जानकारी नदिएपछि चीनबाट गर्मीका लत्ताकपडा ल्याउँदै गरेका व्यापारीहरु चिन्तित बनेका थिए ।

यो वर्ष कोभिड तथा प्राकृतिक विपत्तिका कारण चीनतर्फको नाकामा धेरै पटक अवरोध देखिएको छ । नेपाल र चीनबीच स्थलमार्ग भएर व्यापार हुने दुईवटै नाका (रसुवागढी र तातोपानी) बाट अहिले पनि कोटा प्रणालीमा माल वस्तु आयात मात्रै हुने गरेको छ ।

प्रतिक्रिया