• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

सूर्य थापाको कटाक्ष, ओलीलाई कारवाही गर्ने अपराधी थिए


  • खुला नेपाल
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 5K
    SHARES

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ४ पटक पार्टी सदस्यताबाट निस्कासित गरेको भन्दै माधव नेपाल समूहलाई अपराधीको संज्ञा दिनुभएको छ ।

उक्त समूहले २ तिहाईको जनादेशको सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखि बल प्रयोग गरेको भन्दै थापाले तिनको अनैतिक हर्कत बिर्सन नसकिने उल्लेख गर्नुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा माधव नेपालप्रति लक्ष्य गर्दै आज थापाले लेख्नुभएको छ, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ। जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।’

सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी ब्युँताएको र माधव नेपाल समूह एमालेतिरै लाग्ने निर्णय गरेको सन्दर्भमा थापाको यस्तो प्रतिक्रिया आएको हो ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेकाे घाेषणा गर्ने अपराधीहरूकाे…

Posted by Surya Thapa on Monday, March 8, 2021

 

प्रतिक्रिया