वीरगञ्ज । बाराको निजगढमा एक युवकको हत्या भएको घटनामा एकजना शंकास्पद व्यक्ति रौतहटको चपुरबाट पक्राउ परेका छन् ।
पक्राउ पर्ने व्यक्ति मृतकको साथी नै भएको प्रहरी स्रोतले जनाएको छ । तर प्रहरीले पक्राउ पर्ने व्यक्तिको विवरण सार्वजनिक गरेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी गौतम मिश्रले भन्नुभयो, ‘शंकास्पद एकजना व्यक्ति पक्राउ परेका छन्, संलग्नताबारे अनुसन्धान गर्न बाँकी छ ।’
मंगलबार बिहान बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा १९ वर्षीय रोहित शर्माको घरभित्रै हत्या भएको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
