• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एसियामा १ अर्ब डोज कोरोना खोप उपलब्ध गराउने क्वाड समूहको प्रतिबद्धता


  • खुला नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७
  • 8.5K
    SHARES

काठमाडौं । सन् २०२२ को अन्त्य सम्ममा एसियामा कोरोना भाइरस विरुद्धको १ अर्ब डोज खोप उपलब्ध गराउन अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरु सहमत भएका छन् ।

सन् २००७ मा गठन गरिएको क्वाड नामक समूहले पहिलोपटक आयोजना गरेको नेताहरुको भर्चुअल बैठकले संयुक्त रुपमा प्रतिवद्धता जनाएका हुन् ।

जोनसन एण्ड जोनसनले उत्पादन गरेको कोरोना विरुद्धको खोप एकै डोज भए पुग्ने भएकाले सो खोप भारतमा उत्पादन गर्ने योजना बनाइएको छ । बैठकमा अमेरिकाले शुरुको अवस्थामा दक्षिण पूर्वी एसियामा खोपको मात्रा पुर्‍याउनु पर्नेमा जोड दिएको छ ।

भारतको उत्पादन, अमेरिकी प्रविधि, जापान र अमेरिकाको आर्थिक सहयोग र अस्ट्रेलियाकाको आपूर्ति प्रबन्धले तोकिएकै अवधिमा एक अर्ब डोज खोप उपलब्ध गराउन सकिने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भर्चुअल बैठकमा बताए । खोप दक्षिण पूर्वी एसियाली मुलुकको संगठन आसियान साथै प्रशान्त र अन्य स्थानमा पनि पुर्‍याइने जनाइएको छ ।

प्रतिक्रिया