काठमाडौं । राष्ट्रिय युवा संघको केन्द्रीय सचिवालय सदस्यमा सिन्धुलीका युवा व्यवसायी बेनीबहादुर कार्की नियुक्त हुनु भएको छ ।
संघका अध्यक्ष रमेशकुमार पौडेलको अध्यक्षतामा फागुन ११ र १२ गते बसेको प्रथम पूर्ण बैठकले उहाँलाई सचिवालय सदस्यमा नियुक्त गरिएको जनाइएको छ । सचिवालय सदस्यमा नियुक्त कार्की सफल व्यवसायी र युवाहरुको प्यारो पात्रको रुपमा चिनिँदै आउनु भएको छ ।
सिन्धुलीको कमलामाई नगरपालिका ३ का कार्की समाजसेवामा समेत उत्तिकै परिचित हुनुहुन्छ । उहाँ शिवबहादुर कार्की फाउण्डेसनका अध्यक्ष एवं डीडी हुमन रिसोर्स प्रा.लि का सञ्चालकसमेत हुनुहुन्छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
