• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

विद्यार्थीलाई अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ


  • खुला नेपाल
  • बिहिबार, चैत्र १२, २०७७
  • 8.9K
    SHARES

हेटौँडा । आफ्नै छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा मकवानपुर जिल्लाको मकवानपुरगढीबाट एक शिक्षक पक्राउ परेका छन् ।

मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डेलाई विद्यार्थीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले बुधबार पक्राउ गरेको हो ।

तीन छात्राले जिल्ला प्रहरी कार्यलय मकवानपुरमा अभद्र व्यवहार गरेको उजुरी दर्ता गराएपछि शिक्षक पाण्डेलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

पाण्डेलाई पक्राउ गरेर अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको नायब उपरीक्षक रिमालको भनाइ छ ।

प्रतिक्रिया