• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले संसदीय दलको बैठक बस्दै, नेपाल समूह नजाने


  • खुला नेपाल
  • शुक्रबार, चैत्र १३, २०७७
  • 7.1K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री एंव एमाले अध्यक्ष केपी शर्मा ओलीले आजको लागि संसदीय दलको बैठक बोलाउनु भएको छ ।

तर आजको बैठकमा माधवकुमार नेपाल समूहका नेताहरू नगई केन्द्रीय कमिटीको बैठक बोलाएका छन् ।

एमालेका दुई समूहले छुट्टाछुट्टै बैठक आयोजना गरेका हुन् । झलनाथ खनाल र माधवकुमार नेपाल समूहले बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

उक्त समूहका एक नेताले दिएको जानकारीअनुसार आजको बैठकले पार्टी विधानअनुसार पार्टीका बैठक बोलाउन अध्यक्ष ओलीलाई अनुरोध गर्ने निर्णय गर्नेछ ।

यता प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक डाकिएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

बालुवाटारमा हुने संसदीय दलको बैठकमा आफूहरू सहभागी नहुने खनाल-नेपाल समूहले बताइसकेको छ ।

प्रतिक्रिया