• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

प्रवीण र अनिशा बने मोडल हन्ट नेपाल सिजन ६ का विजेता


  • खुला नेपाल
  • सोमवार, चैत्र १६, २०७७
  • 8.3K
    SHARES

काठमाडौं । मोडल प्रवीण चापागाई र अनिशा शाक्यले मोडल हन्ट नेपाल सिजन ६ को उपाधि जितेका छन् ।

ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको मोडल हन्ट काठमाडौंस्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न भएको थियो । ३४ जना युवा एवं ३२ जना युवती बीचको उक्त प्रतिस्पर्धामा आईसी कलेज अफ आर्ट एन्ड फेसन १७आंैं ब्याचका ३४ जना विद्यार्थी डिजाइनरहरूले तयार पारेका आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर प्रतिस्पर्धीहरुले अन्तर्राष्ट्रिय स्तरको ¥याम्प सेटअपमा आ–आफ्नो मोडलिङ सीप र कलालाई प्रस्तुत गरेका थिए ।

प्रतियोगितामा मिनाल्ड लामिछाने र श्रीयशी श्रेष्ठ फर्स्ट रनर अप बन्न सफल भए भने अनुप कार्की र परितोषिका पन्त सेकेन्ड रनर अप बन्न सफल भएका थिए । नेक्स्ट मोडल्स नेपालको ब्यानर, रवि धमला र एत्ना पाण्डेको निर्देशनमा संचालन भएको मोडल हन्ट नेपालका मुख्य प्रशिक्षक एवं कोरियोग्राफर रोजिन शाक्य हुन् ।

प्रतियोगितामा निर्णायकको भूमिकामा आईसी ग्रुप नेपालका प्रबन्ध निर्देशक शैलजा अधिकारी, संचारकर्मी सुरज सिंह ठकुरी, संचारकर्मी एवं पूर्व मिस नेपाल माल्भिका सुब्बा, डा. आयुष्मान घिमिरे तथा फेसन डिजाइनर इन्टा श्रेष्ठ थिए ।

प्रतियोगिताका विजेताहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्साउन पाउने आयोजकको भनाइ छ । यसका साथै विजेताहरूले कोरियामा संचालन हुने एलबीएमए अवार्ड शो, गोवामा संचालन हुने इन्टरनेशनल फेसन वीकलगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकको भनाइ छ ।

प्रतिक्रिया