काठमाडौँ । काठमाडौँ लगायत देशका विभिन्न स्थानमा वायू प्रदूषण बढेपछि सरकारले विद्यालयहरु केही दिन बन्द गर्ने तयारी गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन विद्यालय बन्द गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ ।
चीनले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको खोप हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्रीले विद्यालय बन्द गरेर बालबालिकालाई जाेगाउनेबारे छिट्टै निर्णय हुने जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको प्रदूषण बालबालिकाहरुको लागि हानिकारक छ। त्यसैले केही दिन विद्यालयहरुमा बिदा दिने विषयमा सोचिरहेका छौँ। छिट्टै निर्णय लिइन्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
