• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

शिक्षण संस्था बन्द भएपनि परीक्षा नरोकिने


  • खुला नेपाल
  • सोमवार, चैत्र १६, २०७७
  • 9K
    SHARES

काठमाडौँ । देशभरका सबै शैक्षिक संस्था चार दिनसम्म बन्द भए पनि हाल सञ्चालनमा रहेका परीक्षा भने नरोकिने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार एक प्रेस विज्ञप्ति जारी गरेर मंगलबारबाट वातावरण प्रदूषणका कारण चार दिनसम्म शैक्षिक संस्था बन्द गर्ने निर्णय भए पनि परीक्षा भने यथावत सञ्चालन हुने जानकारी दिएको हो ।

‘पूर्व(निर्धारित कार्यतालिका अनुसार परीक्षा सञ्चालन गरिरहेका विद्यालयहरू तथा उच्च शिक्षा प्रदायक शिक्षण संस्थाहरूले स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया