• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

राष्ट्रिय अनुसन्धान केन्द्रलाई प्रदेश प्रमुखको आर्थिक सहयोग


  • खुला नेपाल
  • बुधबार, चैत्र १८, २०७७
  • 7.9K
    SHARES

काठमाडाैं ।  प्रदेश नं. २ का प्रमुख डा राजेश अहिराजले आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्नुभएको छ ।

उहाँले आज केन्द्रको भ्रमण निरीक्षण गर्दै आफ्नो पहिलो महिनाको पारिश्रमिकको आधा रकम केन्द्रलाई सहयोग गर्नुभयो । सो अवसरमा प्रदेश प्रमुख डा अहिराजले प्रदेश नं २ मा पनि केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिदैं यसका लागि आफूले सक्दो सहयोग गर्ने बताउनुभयो ।

केन्द्रका सञ्चालक पुनले प्रदेश नं २ मा केन्द्र स्थापना गर्न आफू इच्छुक रहेको बताउँदै त्यसका लागि जग्गा र बजेटको व्यवस्थापन सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया