• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बोर्डिङ पासमा यती एअरलाइन्स र ग्यापुको सहकार्य

एअरलाइन्सको यात्रामा छुट सुविधा : बोर्डिङ पास ५ सय रुपैयाँको भौचर


  • खुला नेपाल
  • शुक्रबार, चैत्र २०, २०७७
  • 10.5K
    SHARES

एअरलाइन्सको यात्रामा छुट सुविधा : बोर्डिङ पास ५ सय रुपैयाँको भौचर

काठमाडौं । यती एअरलाइन्सले आफ्नो वायुयानमार्फत् यात्रा गर्ने यात्रुलाई बोर्डिङ्ग पासमार्फत् थप सहुलियत दिने भएको छ ।

यती एअरलाइन्सको वायुयानमा यात्रा गर्ने यात्रुलाई नेपालको लोकप्रिय ई–कमर्स ग्यापुसँगको सहकार्यमा यो सुविधा उपलब्ध गराउने एअरलाइन्सका प्रवक्ता एवं हवाई सुरक्षा प्रमुख सुदर्शन बर्तौलाले जानकारी दिनुभयो ।

सुरक्षा प्रमुख बर्तौलाका अनुसार जुनसुकै मूल्यको टिकट किन्दा पनि यती एअरलाइन्समार्फत् यात्रा गर्ने प्रत्येक यात्रुले ५ सय रुपैयाँ बराबरको छुट सुविधा प्राप्त गर्नेछन् ।

एअरलाइन्समा यात्रा गरिसकेपछि ग्यापु अनलाइनमार्फत् सामान खरिद गर्दा २ सय रुपैयाँको सपिङ्ग भौचर र एक्सेलट्रिपको रिर्जभेसनमा ३ सयको ट्राभल भौचर गरी ५ सय रुपैयाँ बराबरको सहुलियत दिने भएको हो ।

यो सहुलियत लिएर समान खरिद गर्नेमध्ये प्रत्येक दिन एकजनाले ग्यापुको तर्फबाट थप उपहारसमेत प्राप्त गर्नेछन् ।

उक्त सम्झौतासँगै अप्रिल १ देखि यतीमार्फत यात्रा गर्ने यात्रुले सहुलियत प्राप्त गर्ने छन् । सो सहुलियत पाउनका लागि ग्यापुमा सामान खरिदको क्रममा इन्टर योर कोर्ड अप्सनमा गई ग्यापु–यति१०० लेख्नुपर्नेछ भने एक्सेलट्रिपमा टिकटहरु रिर्जभेसन गर्दा XCELTRIP200 कोड राख्नुपर्नेछ ।

यससँगै अप्रिल एकदेखि यती एअरलाइन्सको बोर्डिङ पासहरुमा ग्यापुको लोगो अंकित जानकारीमूलक सामग्रीका साथै भौचर कोर्डसमेत रहनेछ ।

यात्रुलाई थप सुविधा प्रदान गर्न विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको यतीले भविष्यमा पनि आफ्ना यात्रुलाई प्रत्यक्ष लाभ हुने यस्तै किसिमका कार्यक्रमहरु ल्याउने योजना रहेको प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो ।

प्रतिक्रिया