काठमाडौं । सरकारले चीनबाट प्राप्त कोभिडविरुद्धको खोप भेरोसेल २५ चैत (बुधबार) देखि लगाउने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बुधबारदेखि खोप काठमाडौं उपत्यकाका अस्पतालबाट लगाउन सुरु गरिने बताउनुभयो।
उहाँका अनुसार काठमाडौं उपत्यकामा २० वटा खोप केन्द्रबाट खोप लगाइनेछ। खोपको प्राथमिकतामा व्यापारी, विद्यार्थी तथा अन्य कामको सिलसिलामा चीन भ्रमणको तयारीमा रहेका र यसअघि पहिलो चरणको प्राथमिकतामा परेका तर खोप नलगाएकाहरूलाई यो खोप लगाइने बताउनुभएको छ।
चीनले अनुदानस्वरूप दिएको उक्त खोपको म्याद दुई वर्षको छ। चीनले दिएको यो ८ लाख डोज खोप टेकुस्थित कोल्डरुममा ठाउँ नपुगेपछि एयरपोर्ट भन्सारमा बनाइएको अर्को कोल्डरुममा भण्डारण गरिएको छ।
कोभिसिल्ड एक भाइलमा १० डोज खोप हुने भए पनि चिनियाँ खोप भने एक भाइलमा एक डोज मात्रै रहँदा भण्डारका लागि ठाउँ धेरै आवश्यकता पर्ने भएकाले टेकुको भण्डार कक्षमा ठाउँ नपुगेको बताइन्छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
