• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

मनकामना केबुलकार ६ दिनका लागि बन्द


  • खुला नेपाल
  • सोमवार, चैत्र २३, २०७७
  • 8.1K
    SHARES

काठमाडौं । नेपालकै पहिलो केबुलकार मनकामना केबुलकार सेवा आगामी चैत्र २५ गतेदेखि चैत्र ३० गतेसम्म बन्द हुने भएको छ ।

केबुलकारको स्तरोन्नतीको पहिलो चरण मध्येको कार्य अनुसार बुल विल वियरिङ नयाँ फेर्नुका साथै बुल विल र अन्यमर्मत संभारको लागि डोप्परमेयर्ट, अस्ट्रेयाबाट आँउनु हुने प्राविधिकबाट मर्मत हुने भएकोले केबुलकार सेवा ६ दिनकालागिबन्दगर्न लागिएको हो ।

उक्त अवधिभर केबुलकारको बटम स्टेसनमा रहेको रेष्टुरेन्ट भने यथावत रुपमा सञ्चालन हुनेछ । मर्मत संभार पश्चातआगामी चैत्र ३१ गतेदेखि पुनःनियमित रुपमा सञ्चालनहुने समेत मनकामनादर्शन प्रा.लि. ले जनाएको छ ।

प्रतिक्रिया