• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

गोसाइँकुण्डको धार्मिकमार्गमा खानाको मूल्यदर कायम


  • खुला नेपाल
  • बुधबार, चैत्र २५, २०७७
  • 6.7K
    SHARES

काठमाडाैं । धार्मिकयात्राका क्रममा गोसाइँकुण्ड जाने भक्तजनलाई भोजन र बासको शुल्कमा सरलीकृत पार्न नयाँ मूल्यदर कायम गरिएको छ ।

गोसाइँकुण्ड मार्गअन्तर्गत चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्ड क्षेत्रमा सञ्चालित होटल तथा लजका व्यवसायीले यात्रुसँग अप्रत्याशितरूपले चर्को शुल्क असुल गरेको भन्ने अधिकांश यात्रुबाट व्यापक गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय रसुवाको पहलमा लाङटाङ राष्ट्रिय निकुञ्जमार्फत नयाँ मूल्यदर कायम भएको हो ।

खान र बस्नका लागि यसभन्दा अघि होटल तथा लज सञ्चालकले जे–जति शुल्क असुल गरे पनि अब उप्रान्त गोसाइँकुण्ड पुगेका तीर्थयात्रु वा पर्यटकले खानाको प्रतिछाक रु ५५० एवं सुतेको प्रतिबेड रु एक हजार शुल्क तिर्नुपर्ने नयाँ दर निर्धारण गरिएको छ ।

यसैगरी लौरीविनायकमा खानाको लागि प्रतिव्यक्ति प्रतिछाक दालभात तरकारीको ५०० र सुतेको ९०० एवं चोलाङपाटीमा प्रतिव्यक्ति खानाको ४५० एवं सुतेको ८०० दर निर्धारण भएको लाङटाङ राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताउनुभयो ।

प्रतिक्रिया