• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बलात्कारीलाई सात वर्ष कैद फैसला


  • खुला नेपाल
  • बिहिबार, चैत्र २६, २०७७
  • 6.9K
    SHARES

काठमाडौं । १९ वर्षीया युवतीलाई बलात्कार गर्ने युवकलाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ।

बागलुङको ताराखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजालासले बुधबार बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो।

कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रुपैयाँ रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिनुभयो।

२०७७ साल असार १७ गते युवतीलाई बलात्कार गरेको अरोपमा वनलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो । प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी वकिलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा जबर्जस्ती करणी मुद्दा दर्ता गरेको थियो ।

वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आदेशले हालसम्म जिल्ला कारागार बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका थिए।

प्रतिक्रिया