• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

संसदीय समितिका सदस्य हेरफेर गर्न बैठक बस्दै


  • खुला नेपाल
  • बिहिबार, चैत्र २६, २०७७
  • 9.9K
    SHARES

काठमाडाैं । संसदीय समितिका सदस्य हेरफेर गर्न बैठक बस्दैछ । त्यसका लागि प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा बैठक शुरु भएको हो ।

आज बिहान ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ । सर्वोच्च अदालतले तत्कालीन नेकपाको एकता खारेज गरेपछि संसदमा प्रतिनिधित्व गर्ने दलको अवस्थामा परिर्वतन आएपछि संसदी समितिमा पनि हेरफेर गर्न बैठक बसेको हो ।

नेकपा एमालेले संसदीय समितिमा रहेका सांसद हेरफेरका लागि सभामुख अग्निप्रसाद सापकोटासँग आग्रह गरिसकेको छ । आफू संसदको ठूलो दल भएको भन्दै त्यसै अनुसार सदस्य हेरफेर गरिदिन एमालेले आग्रह गरेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा १६ समिति छन् । जसमध्ये दुई संयुक्त समिति छन् ।

प्रतिक्रिया