• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रिचार्जरको नयाँ वर्ष अफरः ७० प्रतिशतसम्मको छुटमा ग्याजेट्स, मुलुकभर क्यास अन डेलिभरी


  • खुला नेपाल
  • आइतवार, चैत्र २९, २०७७
  • 6.1K
    SHARES

काठमाडौं । रिचार्जरले नयाँ वर्षको अवसरमा “न्यू इयर सेल” अफर सार्वजनिक गरेको छ । ई–कमर्श प्लेटफर्म रिचार्जरले ७० प्रतिशतसम्मको छुटमा विभिन्न किसिमका ग्याजेट्स उपलब्ध गराउने भएको हो ।

देशभरी डेलिभरी सेवा दिने रिचार्जरले ग्याजेट्सका अलावा अन्य सामान खरिद गर्दा डेलिभरीको समयमा भुक्तानी गर्न सकिने जनाएको छ ।

यसैगरी, अफरमा एउटा ग्याजेट्स किन्दा अर्को एउटा सित्तैंमा पाइने रिचार्जरले जनाएको छ । यो अफर भने तोकिएका ब्रान्ड तथा ग्याजेट्मा मात्र लागू हुनेछ । त्यसैगरी, नयाँ वर्षमा रिचार्जरबाट सामान खरिद गर्नेले गिफ्ट भौचर, क्यास प्वाइन्ट पनि पाउने छन् ।

चैत ३० गते सोमबारदेखि आगामी बैशाख २ गतेसम्म चल्ने अफरमा सहभागि सबै ग्राहकलाई गोलाप्रथामा सहभागि गराई आकर्षक उपहार पनि बितरण गरिने ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताउनुभयो ।

किस्ताबन्दीमा ग्याजेट्स खरिद गर्न चाहनेहरुले सेल अवधिमा बिना कुनै शुल्क प्रकृया अघि बढाउन सक्नेछन् । यस अवधिमा किस्ताबन्दीमा सामान खरिद गर्नेहरुलाई शुन्य प्रतिशत व्याजदरमा ग्याजेट्स उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

प्रतिक्रिया