• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कर्णाली प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने


  • खुला नेपाल
  • शुक्रबार, बैशाख ३, २०७८
  • 6.7K
    SHARES

काठमाडौँ । कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आज दिउँसो २ बजे बोलाइएको छ । आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यतालिका छ ।

गत चैत ५ गतेदेखि नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।

यसअघि नै मुख्यमन्त्री शाहीले प्रदेश सभा सचिवालयमा पत्र पठाउँदै आजका लागि विश्वासको मत लिनका लागि व्यवस्था मिलाउन भन्नु भएको थियो ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिनु हुनेछ ।

प्रतिक्रिया