• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

बाँकेको कोहलपुरमा बस र टिपर ठोक्किदां ५ जनाको मृत्यु, ३७ जना घाइते


  • खुला नेपाल
  • शनिबार, बैशाख ४, २०७८
  • 9.2K
    SHARES

काठमाडौं । बाँकेको कोहलपुरमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । बसमा सवार ३७ यात्रु घाइते भएका छन् ।

सुर्खेतको वीरेन्द्रनगरबाट धरानका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस बाँकेको कोहलपुर नगरपालिका–१३ रोहिणी खोला नजिकै विपरीत दिशाबाट आइरहेको टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परि मृत्यु हुनेमा कोहलपुर नगरपालिका–१२ का २१ वर्षिय उदय बाठा, वडा नम्बर १३ का २५ वर्षिय खगेन्द्र सुनार, सुर्खेतको साटाखानीका ४० वर्षिय जीवन विक, झापाको मेचीनगर नगरपालिका–१० का बसधनी ४५ वर्षिय छत्र कटुवाल रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

अर्का एकजना मृतक अन्दाजी ३५ वर्षीय भारतीय महिलाको सनाखत हुन सकेको छैन् । मृतक मध्ये कोहलपुरका दुई जना टिपरमा सवार थिए भने अन्य तीन जना बसमा सवार व्यक्ति रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते ३७ जनामध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया