• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

लुम्बिनी प्रदेशका दुई मन्त्रीको राजीनामा


  • खुला नेपाल
  • सोमवार, बैशाख ६, २०७८
  • 10K
    SHARES

काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजीनामा दिएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएलगत्तै दुई मन्त्रीले राजीनामा दिएका हुन् ।

राजीनामा दिने मन्त्रीहरूमा आन्तारिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बराल हुनुहुन्छ ।

अविश्वासको प्रस्ताव दर्ता गर्नको लागि प्रदेशसभा सदस्यहरु प्रदेशसभामा जाँदै गर्दा माओवादीका मन्त्रीहरु भने राजीनामा बुझाउन लागि मुख्यमन्त्रीको कार्यलयमा पुग्नुभएको थियो । मन्त्री सुर्दशन बरालले भन्नुभयो, ‘साथीहरु अविश्वासको प्रस्ताव दर्ता गर्न लाग्नुभयो हामी यता राजीनामा बुझाउनतिर लाग्यौं ।’

दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए । केसीलाई माओवादी र नेपाली काँग्रेसको विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा प्रस्ताव गरेको छ । सोमवारै ४१ जना सांसदहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

प्रतिक्रिया