• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला


  • खुला नेपाल
  • आइतवार, बैशाख १२, २०७८
  • 8.2K
    SHARES

फाइल तस्वीर

काठमाडौँ । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।

ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिनुभयो ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताउनुभयो । बाघको मृत्युको कारण भने खुलीनसकेको उहाँले जानकारी दिनुभयो ।

सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।

प्रतिक्रिया