• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

लागुऔषधसहित नागढुंगाबाट २ जना पक्राउ


  • खुला नेपाल
  • आइतवार, बैशाख १२, २०७८
  • 7.8K
    SHARES

काठमाडौँ । चन्द्रागिरी नागरपालिका–२ स्थित नागढुंगाबाट प्रहरीले लागुऔषध कारोबारमा संलग्न दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको सम्सी गाउँपालिका–२ घर भएका ४६ वर्षीय लाल बाबु नदाफ र २६ वर्षीय अलि हुसेन छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाको टोलीले उनीहरुको साथबाट ४ हजार ४ सय ९८ ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । महोत्तरीबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००५ख ९७२६ नम्बरको बसमा सवार उनीहरुले लुकाई छिपाई लागु औषध ल्याएका थिए ।

आरोपीहरु बिरुद्ध लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया