• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

‘मेरो पनि हैन र यो देश’ बाट फेरि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा प्रकाश सपूत (भिडिओ)


  • खुला नेपाल
  • आइतवार, बैशाख १२, २०७८
  • 8.6K
    SHARES

काठमाडौँ । ‘बोला माया’ र ‘गालबन्दी च्यातियो’ जस्ता गीतबाट प्रशंसा कमाएका गायक प्रकाश सपूत नयाँ गीत मार्फत फेरि चर्चामा छन्। उनको नयाँ गीत ‘मेरो पनि हैन र यो देश’ छोटो समयमै युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा पुगको छ।

शुक्रबार गायक प्रकाशले आफ्नो युट्युब च्यानल मार्फत सार्वजनिक गरेको यो गीतमा स्वर, शब्द र संगीत उनकै छ। गीतबारे प्रकाशले भनेका छन्, ‘मेरो पनि हैन र यो देश !” एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत हो। यो गीतको टुक्काहरुमा आमनागरिकका गुनासो राखिएका छन् भने यसको म्युजिक ऐरेज्मेन्टमा हाम्रो सांस्कृतिक विविधतालाई समेट्ने प्रयास गरिएको छ।’

वैदेशिक रोजगारीका दु:ख र बलात्कारविरुद्ध सचेतना जगाउने गीत बनाएर समाजप्रति सरोकार देखाउँदै आएका प्रकाशको यस पटक झण्डा र भूगोलभन्दा हिमाल, पहाड र तराईका आममानिसका भोगाइ र राष्ट्रिय समस्यालाई गीतको विषय बनाएका छन्।

 

प्रतिक्रिया