• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

चिकित्सा शब्दसागर बजारमा


  • खुला नेपाल
  • आइतवार, बैशाख १२, २०७८
  • 16.2K
    SHARES

काठमाडौं । चिकित्सा विज्ञानसँग चासो राख्नेका लागि अति उपयोगी चिकित्सा शब्दसागर पुस्तक भर्खरैमात्र बजारमा आएको छ । चिकित्सा विज्ञानका विभिन्न शब्दावलीलाई सर्वसाधारणले बुझ्ने भाषामा वर्णन गरिएको शब्दकोश ‘डिक्सनरी अफ मेडिकल, नर्सिङ एन्ड एलाइड हेल्थ’ लाई बजारमा ल्याइएका हो ।

चिकित्सा शब्दसागर चिकित्साशास्त्रसँग सम्बन्धित अंग्रेजी शब्दावलीलाई नेपाली भाषामा प्रस्ट्याइएको छ । शब्दसागरमा विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दहाल, डा. कमल शर्मा लम्साल र डा. विपिन नेपालले सम्पादन गर्नु भएको छ ।

विभिन्न महत्वपूर्ण क्षेत्रमा विद्वता हासिल गर्नु भएको ४ जना विद्वानद्वारा सम्पादित अंग्रेजीबाट नेपालीमा शब्दको ब्याख्या गरिएको सो पुस्तक सबै क्षेत्रका व्यक्तिलाई उपयोगी छ ।

खासगरी चिकित्सा विज्ञानका शब्दहरुलाई सरल तरिकाले बुझाउने गरी वर्णन गरिएको सो पुस्तक १ हजार ९ सय २० पुष्ठको रहेको छ । झण्डै १ हजार पानाको पुस्तकमा अहिलेसम्मकै सबैभन्दा बढी शब्द संकलन भएको भनिएको छ ।

सो डिक्सनेरी तयार गर्न झन्डै ६ वर्षदेखि शब्द संकलन गर्न थालिएको यसका मुख्य सम्पादक विनयकुमार शर्मा नेपालले बताउनु भएको छ ।

प्रतिक्रिया