काठमाडौँ । सरकारले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।
शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) को हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।
प्रेस कार्डको दुरूपयोग बढ्दै गएपछि उक्त निर्णय गरेको बताइएको छ।
यसअघि सम्बन्धित संस्थाको कार्ड भए पुग्ने थियो।
यसैगरी बैठकले निषेधाज्ञा जारी भएका काठमाडौं उपत्यका र ठूला शहरहरूमा बैंक तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
