• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

विवेकशील साझा पार्टीको हटलाईन, कोरोना महाब्याधीबाट जोगिन सहयोगमा जुट्न अपील


  • खुला नेपाल
  • शनिबार, बैशाख १८, २०७८
  • 11.6K
    SHARES

काठमाडौं । कोरोना संक्रमण तीव्र ढंगले फैलिरहेको बेला यसबाट जोगिन सहयोग पुग्ने उद्धेश्यले विवेकशील साझा पार्टीले हटलाईन सेवा सुरु गरेको छ ।
यो हटलाईन सेवा मार्फत निषेधाज्ञाको समयमा एम्बुलेन्स, प्लाज्मा, खाद्यान्न, चिकित्सकीय सल्लाह लगायतका विषयमा जानकारी दिन र समस्या समाधानका लागि समन्वय हुनेछ ।
उक्त पार्टीले सुरु गरेको हटलाईन नम्बर ९८१३५७७२०७ हो ।
यो नम्बरमा सम्पर्क गरी आवश्यक जानकारी र सुविधा लिने व्यवस्था गरिएको विवेकशील साझा पार्टीका बाग्मती प्रदेश सञ्चार विभाग प्रमुख रञ्जन कार्कीले खुलानेपाललाई जानकारी दिनुभयो ।
‘निषेधाज्ञाका समयमा आइपर्ने समस्या समाधानका लागि समन्वय गर्न विवेकशील साझा पार्टीले हटलाईन सुरु गरेको हो । हामी समन्वय गर्नेछौं,’ कार्कीले भन्नुभयो ।

प्रतिक्रिया