• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

कोरोना संक्रमितको उपचारका लागि एक हजार बेड थपिँदै


  • खुला नेपाल
  • आइतवार, बैशाख १९, २०७८
  • 8.6K
    SHARES

काठमाडौँ । कोभिड—१९ अस्पतालमा भर्ना हुने कोरोनाभाइरस संक्रमित बिरामीको संख्या बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हजार बेड थप्ने तयारी गरेको छ ।

अस्पतालका बेड भरिन थालेपछि एक हजार बेड थप्ने तयारी गरेको मन्त्रालयका सह प्रवक्ता डा समीरकुमार अधिकारीले बताउनुभयो । संक्रमितको उपचारका लागि सरकारी, निजी, अर्धसरकारी अस्पताल र सार्वजनिक क्षेत्र प्रयोग गरिने भएको छ ।

कहाँ कति बेड थप्ने वा राख्ने भन्ने विषयमा छलफल भइरहेको मन्त्रालयले जनाएको छ । यस्तै सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय स्वास्थ्य कार्यालय काठमाडौंले कोभिड उपचारको लागि ३ दिनभित्र जिल्लाका २५ देखि २०० बेडसम्मका गैरसरकारी, सामुदायिक र निजी अस्पतालहरुलाई सूचीकृत हुन आग्रह गरेको छ ।

सूचीकृत हुने अस्पताललाई आइसोलेसनमा प्रतिदिन प्रतिव्यक्ति ३५ सय, मध्यम जटिल केशको उपचारका लागि ७ हजार र आइसियु तथा भेन्टिलेटसहितको उपचारका लागि १५ हजार उपलव्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया