काठमाडौं । नेकपा एमालेका प्रभावशाली नेता शंकर पोखरेल लुम्बिनी प्रदेशमा पुनः मुख्य मन्त्री नियुक्त हुनुभएको छ।
प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेशसभाका बहुमत सदस्यहरुका हस्ताक्षरका आधारमा
एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता रहनुभएका पोखरेललाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।
नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम उहाँ प्रदेश मुख्यमन्त्री पदमा आइतवार नियुक्त हुनुभएको हो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
