• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

भक्तपुरमा निसास्सीएर एकजनाको मृत्यु, दुईजना घाइते


  • खुला नेपाल
  • मङ्लबार, बैशाख २१, २०७८
  • 3.5K
    SHARES

काठमाडौँ । भक्तपुरको सुर्यविनायक नगरपालिकामा सुत्केरी सेक्ने क्रममा निसास्सीएर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुर्यविनायक नागरपालिकास्थित आफ्नै डेरामा तीन जना अचेत अवस्थामा फेला परेका थिए तीनमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको तिमाल घर भएका २२ वर्षीया सुनिता तामाङ छिन् भने १८ वर्षीया अनिता तामाङ र ४० वर्षीया आमा शान्तिमाया तामाङ घाइते छन् । घाइते भएका दुई जनाको स्वास्थ्य सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार कोठाको सम्पूर्ण झ्याल, ढोका भित्रबाट बन्द गरिएको थियो । झ्याल ढोका फोडेर हेर्दा तीन जना अचेत अवस्थामा भेटिएपछि उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।

कोठामा सुत्केरी सेक्नका लागि कोइला बालेकाले उनीहरूको निसासिएर घटना भएको हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया