• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

२४ घण्टामा ५५ जनाको मृत्यु, ७ हजार ५८७ संक्रमित थपिए


  • खुला नेपाल
  • मङ्लबार, बैशाख २१, २०७८
  • 3.3K
    SHARES

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै मंगलबार ७ हजार ६६० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७०२ पीसीआर परीक्षणबाट ७ हजार ६६० जनामा कोरोना संक्रमण देखिएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यो भनेको निको हुनेको संख्या ८२ प्रतिशत रहेको छ ।

हालसम्म पीसीआर परीक्षण २५ लाख ३७ हजार २९५ पुगेको छ । आइसोलेसनमा ५९ हजार ७९८ जना र क्वारेन्टाइनमा २५३ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया