• बिहिबार, कार्तिक २७, २०८३
  • Thursday 12th November 2026

एफोन सदस्यहरुलाई कोरोना महामारीबाट बच्न र बचाउन आग्रह


  • खुला नेपाल
  • बिहिबार, बैशाख २३, २०७८
  • 13.9K
    SHARES

काठमाडौं । पारिवारिक निजी वन संघ, नेपाल (एफोन) ले आफ्ना सदस्यहरुलाई विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट होसियार रहन आग्रह गरेको छ ।

संघका केन्द्रीय अध्यक्ष जोगराज गिरीले बिहीबार जारी एक विज्ञप्ति जारी गर्दै संघ मातहतका सम्पूर्ण सदस्यलार्य नेपालमा दोस्रो चरणमा फैलिएको महामारीबाट आफू बचेर आफू नजिकका लागि बचाउन अनुरोध गर्नुभएको हो ।

झण्डै डेढ वर्षअघि चीनको वुहान प्रान्तबाट फैलिएको महामारीको दोस्रो लहरका कारण नेपालमा संक्रमण अत्यधिक रुपमा फैलिरहेको छ । यसले को कति बेला थला पर्ने हो भन्ने थाहा छैन । पछिल्लो सातामात्रै हजारौं नेपाली नागरिक संक्रमित भएको र सयौंले ज्यान गुमाइसकेको अवस्था छ । यसमा सर्वसाधारणमा संन्त्रासमा रहेको भन्दैै अध्यक्षबाट जारी विज्ञप्तिमा रोग लाग्नै नदिन र लागेकाहरुलाई सहयोग गर्न अपिल गरिएको हो ।

विज्ञप्तिमा यस रोगलाई महामारीको रुपमा फैलन नदिन हामी सबैले आ–आफ्नो ठाउँबाट सतर्कता अपनाउन जरुरी रहेको भन्दै अप्ठ्यारो परिरिस्थितिलाई ध्यानमा राख्दै पारिवारिक निजी वन संघ, नेपालले आफ्ना संरचनाहरु ७ वटै प्रदेश, जिल्ला र स्थानीय संघलाई आ–आफ्ना तहमा कुनै पनि किसिमका भेला, बैठक, गोष्ठीलगायत जमघट हुने कुनै पनि कार्य नगर्न सूचित गरिएको छ ।

नेपाल सरकारले सुरक्षित रहनको आगि आब्हान गरेको सम्पूर्ण उपायहरुमा सहयोग र समन्वय गर्नु हुन पनि सम्पूर्णमा हार्दिक अनुरोध गरिएको छ । साथै यो दोस्रो लहरको महामारीको विषम परिस्थितिमा कोराना नियन्त्रणका लागि संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकारले गरिरहेको पहलमा हाम्रा सबै तहका संरचनाले स्थानीय परिरिस्थितिअनुसार सहयोगको भूमिका निर्वाह गर्नसमेत प्रतिवद्धता जाहेर गर्दछौं ।

माहामारीको समयमा किसानका निजी जमिनमा उत्पादन भएका काठ, दाउरा, जडिबुटीलगायत वन पैदावरको सहज विक्रीवितरण गर्न पाउने वातावरण सृजना गरी जनताको दैनिकी सहज बनाउन गर्नुपर्ने कामहरु तदारुकताका साथ गर्न सरकारको सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत ध्यानाकर्षणसमेत गरिएको छं ।

हामीले हाम्रो तर्फबाट गर्न सकिने निम्नबमोजिमका कामहरु स्वतःस्फूर्त रुपमा आआफ्नो ठाउँमा सक्रिय हुनसमेत सम्पूर्ण संचरनाका पदाधिकारीलाई अध्यक्ष गिरीले आब्हान गर्नुभएको छ ।

नेपाल सरकारले आब्हान गरेको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई पालना गर्दै एफोन शाखाहरुद्धारा आ–आफ्ना क्षेत्रमा प्रचारप्रसार गरी गाउँ, टोल र घरघरमा जनचेतना जगाउन मातहत निकायलाई निर्देशन दिइएको छ ।

यस्तैगरी संगठनका संरचनाहरुका भेला, बैठक र जमघट हुनेखालका कुनै पनि कार्यक्रम संक्रमण फैलिरहेको अवस्थामा नगर्न पनि आग्रह गरिएको छ ।

अध्यक्षले पत्रमार्फत अप्ठ्याारोमा परेका ब्यक्ति तथा परिवारलाई आवश्यक सक्दो सहयोग गर्न सबै सदस्यलाई अनुरोध गरिएको छ । यस्तै गाउँ, टोल, समाज र घरघरमा लैंगिक हिंसा हुन नदिन पनि एफोनका सबै संचरनामा आवद्ध व्यक्तिलाई चनाखो हुन भनिएको छ ।

प्रतिक्रिया