काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनु भएको छ ।
बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकको एजेण्डाबारे पूर्वजानकारी दिइएको छैन ।
सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरे पनि शनिबार साँझ आकस्मिक रुपमा बोलाइएको बैठकप्रति चासो छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक कर्मचारीले भने, ‘आजको क्याबिनेट मिटिङ आकस्मिक नै हो । सायद अहिलेको समग्र परिस्थितिले तत्काल बस्नुपर्यो होला ।’
प्रधानमन्त्री ओलीले विश्वासको मत लिने दिन नजिकिंदै गर्दा उहाँको सक्रियता बढेको छ । प्रधानमन्त्री ओलीले आइतबार संवैधानिक परिषद्को बैठक पनि बोलाउनु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
