• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

माधव-झलनाथ समूहको बैठक बस्दै, सांसदको राजीनामाबारे छलफल हुने


  • खुला नेपाल
  • आइतवार, बैशाख २६, २०७८
  • 19.1K
    SHARES

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुले राजीनामा दिनेबारे थप छलफल गर्न स्थायी कमिटी बैठक बस्ने भएको छ ।

शनिबार साँझ बसेको सांसदहरुको बैठकले २ जेठ २०७५ मा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई २४ घण्टे अल्टिमेटम दिने निर्णय गरेको थियो ।

तर अदालतको फैसलाअनुसार एमाले पार्टी संरचना, विधान र नेतृत्व मान्न ओली तयार नभए सामूहिक राजीनामा गर्न सांसदहरु तयार भएका छन् । यसबारे थप छलफल गर्न आज स्थायी कमिटी सदस्यहरुको बैठक हुँदैछ । तर समय भने निश्चित भएको छैन ।

एमाले उपाध्यक्ष युवराज ज्ञवालीले आज बैठक बस्ने जानकारी दिँदै कसरी अगाडि बढ्ने भनेर छलफल हुने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका निम्ति भोलि संसद्को अधिवेशन बोलाइएको छ । त्यस अगाडि नै ओली २८ फागुन यताको निर्णय रद्ध गर्न तयार नभए नेपाल समूहका सांसदहरुले राजीनामा गर्ने तयारी भएको छ ।

प्रतिक्रिया