काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासका लािग सोमबार मत लिन आयोजित विशेष अधिवेशनमा मतदान हुँदैछ ।
प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि प्रतिनिधि सभालाई सम्बोधन गर्दै आफूलाई विश्वास दिनु नपर्ने कुनै कारण नभएको जिकिर गर्नु थियो ।
प्रधानमन्त्रीको विश्वासको मत माग्नु भएको सभामा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल, जनता समाजवादी दलका महन्थ ठाकुर, उमेन्द्र यादव, प्रेम सुवाल, दुर्गा पौडेललगायतले बोल्नु भएको थियो ।
नेताहरुको सम्बोधनपछि प्रधानमन्त्रीले प्रतिउत्तर मन्तव्य दिनु भएको थियो । त्यसपछि विश्वासको मतमा मतदान सुरु भएको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
