• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सूर्य थापाको प्रश्न- देउवाको पाउमा लम्पसार किन ?


  • खुला नेपाल
  • मङ्लबार, बैशाख २८, २०७८
  • 16.6K
    SHARES

काठमाडौँ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपाल कांग्रेस सभापति शेरबहादुर देउवाको पाउमा पुगी गद्दारी गरेको आक्षेप लगाउनुभएको छ ।

नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अस्विकार गरेपछि थापाले उक्त समूहलाई सुकेको पात जसरी आफै झरेर जाने प्रतिक्रिया दिनुभएको हो ।

थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत कटाक्ष गर्नुभएको हो । माधव पक्षले २०७५ जेठ २ लाई बटमलाईन बनाइरहेका बेला थापाले भने अब पार्टी २०७८ जेठ २ तर्फ अघि बढ्ने जनाउनुभएको छ ।
आफू बसेको हाँगा करौतीले काटी रहेको नेता नेपालको फोटो टाँसिएको एक कार्टुन पनि सेयर गर्नुभएको छ ।

थापाले लेख्नुभएको छ- 

पार्टी २०७५ जेठ २मा फर्किनु हुँदैन,
२०७८जेठ २तर्फ अघि बढ्नुपर्छ।
आफ्नो सरकार ढालेर देउवाको पाउमा
लम्पसार पर्नेहरूको गद्दारी क्ष्यम्य हुनसक्दैन।
नेता जन्माउने-बनाउने पार्टी र जनताले हो।
महान शुद्धीकरण र सुदृढीकरणको
प्रक्रियामा अघि बढौ।
सुकेका पात झर्छन चिन्ता नगरौं।

 

 

प्रतिक्रिया