काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
