• शुक्रबार, साउन १५, २०८३
  • Friday 31st July 2026

जीप दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 18K
    SHARES

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेखको दुल्लू नगरपालिका–३, स्यालामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुर्खेत आउँदै गरेको जीप मंगलबार बिहान दुर्घटनामा परेको हो । उक्त घटनामा दुई जनाको घटनास्थलमै ज्यान गुमाएका छन् ।

जुम्लाबाट सुर्खेत आउँदै गरेको बा२०च ७१५ नम्बरको जिप ब्रेक फेल भएर दुर्घटनामा परेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा जुम्लाको गुठिचौर गाउँपालिका ४ का ३८ वर्षीय जिप चालक रामहरि न्यौपाने र सोही ठाउँकी २७ वर्षीय राज्यलक्ष्मी न्यौपाने छन् ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुप श्रेष्ठले घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको खुलानेपाललाई बताउनुभयो ।

प्रतिक्रिया