• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

एमाले कार्यदल : पहिलो बैठकबाटै पार्टी एकताको ‘मेसेज’ (लिखित निर्णयसहित)


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ४, २०७८
  • 23.1K
    SHARES

 

काठमाडौं । नेकपा (एमाले)मा सृजित विवाद निरूपणका लागि गठन गरिएको कार्यदलले एकताको भावना सञ्चार गराउन विशेष अपिल गर्नेलगायत निर्णय गरेको छ ।

कार्यादलको यो पहिलो बैठक हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको बैठकमा एमाले कार्यकर्ताको बीचमा थप विवाद बढ्न नदिन बिशेष अपिल गर्ने निर्णय भएको हो ।

आजको बैठकले बैठकले सहमतिहरू निर्माणका लागि एउटा कार्यविधि र आचारसंहिता तयार गर्ने निर्णयसमेत गरेको नेता सुवास नेम्वाङले जानकारी दिनुभयो ।

‘कार्यदलको बैठकले सर्वसम्मत रुपमा देशैभर कार्यकर्ताको बीचमा एकताको भावना सञ्चार गराउने निर्णय गरेको छ, बक्तब्यमार्फत नै यस्को जानकारी गराइन्छ,’ एमाले संसदीय दलका उपनेता नेम्वाङले भन्नुभयो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले तीन दिनको समय तोकेर जेठ २ गते १० सदस्यीय कार्यदल गठन गर्नुभएको थियो ।

कार्यदलमा पार्टी संस्थापन पक्षबाट नेता नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल हुनुहुन्छ भने माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहनु भएको छ ।

प्रतिक्रिया