• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

लमजुङको भुलभुले केन्द्र भएर ५.८ रिक्टर स्केलको भूकम्प


  • खुला नेपाल
  • बुधबार, जेष्ठ ५, २०७८
  • 8.9K
    SHARES

काठमाडौँ । लमजुङको उत्तरी क्षेत्र खुदी भुलभुले केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ५ : ४२ बजे लमजुङको भुलभुले आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

भूकम्प ५.८ रिक्टर स्केलको भएको केन्द्रका भूकम्पविद् डा लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

भूकम्पको धक्का लमजुङ, गोरखा, तनहुँ, कास्की, मनाङ, चितवन, धादिङ र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पको क्षतिबारे जानकारी प्राप्त भइसकेको छैन ।

तस्बिर संगीताको फेसबुक वालबाट ।

प्रतिक्रिया