• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

लमजुङ केन्द्रविन्दु भएर थप दुई भूकम्प


  • खुला नेपाल
  • बुधबार, जेष्ठ ५, २०७८
  • 6.8K
    SHARES

फाइल तस्वीर

काठमाडौं । लमजुङको भुलभुलेमा थप दुई भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर २६ मिनेटमा ५.३ र ८ बजेर १६ मिनेटमा ४ म्याग्‍नेच्युटको भूकम्प गएको हो ।

त्यसअघि बिहान ५ बजेर ४२ मिनेटमा लमजुङको भुलभुले नै केन्द्र भएर ५.८ म्याग्नेच्युटको भूकम्प गएको थियो । बिहान ५ : ४२ र ८ : २६ बजेको भूकम्पको धक्का काठमाडौंसम्म महसूस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्राविधिक सहायक राजेश शर्माका अनुसार लमजुङको भुलभुलेमा केन्द्र भएर तीन पटक भूकम्प गएको हो ।

पहिलो भूकम्पले घर भत्किदा चार जना घाइते भएका छन् । भूकम्पले एक दर्जन घरहरू भत्किएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया