सुर्खेत । वीरेन्द्रनगर नगरपालिका– ३ लाई कोभिड–१९ रोगविरुद्ध लड्न नवीन ड्रग हाउसले औषधि सहयोग गरेको छ ।
वीरेन्द्रनगर– ३ का अध्यक्ष भूपेन्द्र खत्रीलाई बिहीबार हाउसका सञ्चालक कविराज कँडेलले ४४ हजार ८ सय रुपैयाँ मूल्य बराबरको औषधि हस्तान्तरण गर्नु भएको हो ।
मास्क, सेनिटाइज, रुघाखोकी काम गर्ने औषधि, एन्टिबायोटिक, भिटामिनलगायत औषधि वडालाई हस्तान्तरण गरिएको हो ।
सहयोगस्वरुप प्राप्त औषधि वडाका कोरोना संक्रमितलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमार्फत वितरण गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
यसैगरी बिहीबार बिहान वडामा एन्टिेजनमार्फत कोरोना जाँचसमेत गरिएको छ ।
अध्यक्ष खत्रीका अनुसार ५० जनामा परीक्षण गर्दा सात जनालाई पोजिटिभ देखिएको छ । अन्यको रिपोर्ट आउन बाँकी छ ।
वीरेन्द्रनगर नगरपालिकाको स्वास्थ्य शाखा उपप्रमुख भूपेन्द्रदेव गिरीलगायतको टोलीले कोरोना जाँच गरेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
