काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले फुङलिङ नगरपालिकामा सोमबारदेखि (जेठ १०–१७ गते) सम्म निषेधाज्ञा लागू गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिमार्फत (चौथो पटक) निषेधाज्ञा लागू गरेको हो । वैशाख २० गतेदेखि फुङलिङ नगरपालिका र नगरपालिकासँग जोडिएका पालिकाको क्षेत्रसम्म समावेश हुने गरी निषेधाज्ञा लागू गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
यसैबीच फुङलिङ नगरपालिकासँग जोडिएका अन्य गाउँपालिकाका क्षेत्रसम्म निषेधाज्ञा लागू हुने भएकाले बाँकी स्थानीय तहमा पनि निषेधाज्ञा लागू गर्नू त्यति व्यावहारिक नहुने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । बिहान ६ बजेदेखि ९ बजेसम्म तरकारी तथा फलफुल पसल सञ्चालन गर्न पाउने तर भौतिक दुरी कायम गरेर किनेबेच गर्नुपर्ने उल्लेख छ ।
यसैबीच मिक्वाखोला गाउँपालिका अध्यक्ष रामकुमार साँवा र वडाअध्यक्ष दीपेन्द्र लिवाङसहित १२ जना जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना पुष्टि भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरेर पालिकाले अत्यावश्यक बाहेक सबै सेवा बन्द निर्णय गरेको छ । गाउँपालिकामा विवाह, व्रतबन्धजस्ता कार्यक्रम नगर्न तथा निर्माणका काम बन्द गर्नुपर्ने सूचनामा उल्लेख छ ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
