• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

कोरोना संक्रमित तथा कुरुवालाई पौष्टिक खाना


  • ओम शाही
  • सोमवार, जेष्ठ १०, २०७८
  • 8.2K
    SHARES

सुर्खेत । वीरेन्द्रनगरका केही युवाहरुले कोरोना संक्रमित र कुरुवालाई निःशुल्क पौष्टिक खाना खुवाउने अभियान थालेको छ ।

वीरेन्द्रनगरमा बस्दै आएका ती युवाले प्रदेश अस्पताल सुर्खेतमा रहेका संक्रमित र कुरुवालाई पौष्टिक खाना खुवाउन सुरु गरेका हुन् ।
‘विपतका सारथी कर्णालीका युवाहरु’ नामक अभियानले सञ्चालन गरेर दैनिक ७० जना संक्रमित र कुरुवालाई खाना खुवाउँदै आएको अभियन्ता गीता कटुवालले जनाकारी दिनुभयो ।

जेठ ७ बाट निःशुल्क पौष्टिक खाना खुवाउने अभियान थालेका उनीहरुले करिब तीन महिनासम्म निरन्तरता दिने उद्देश्य राखेका छन् ।

कोरोना महामारीमा संक्रमितलाई सहयोग पु¥याउने उद्देश्यले अभियान थालिएको अभियानका संयोजक ममता अधिकारीले जानकारी दिनुभयो । अभियानमा १५ जना युवा संलग्न छन् । उनीहरु खाद्यान्न र केही रकम संकलन गरेर अभियान सुरु गरेका हुन् ।

प्रतिक्रिया