• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

जोखिम मोलेर मान्छे लर्को लाग्छ


  • गंगा दहाल
  • सोमवार, जेष्ठ १०, २०७८
  • 5.9K
    SHARES

हिजोको दिनभन्दा आज अर्को लाग्छ
महामारी बीचको प्रतिस्पर्धा झर्को लाग्छ
बेदनामा छट्पटिएको छ सिङ्गो दुनियाँ नै
सडक तताउने गफ बेतुकको सर्को लाग्छ

जस्ले जति मीठो गुलियो बोली बोले पनि
सबै हिजोआज अमिलो पिरो चर्को लाग्छ
कस्लाई के भन्नु र खै संक्रमणको घडीमा
जोखिम मोलेर मान्छे मान्छेको लर्को लाग्छ ।।

महालक्ष्मी नगरपालिका, ललितपुर

प्रतिक्रिया