• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

भारतमा एकै दिनमा ३ हजार ५ सय ११ जनाको मृत्यु,संक्रमण घट्दै


  • खुला नेपाल
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 17.1K
    SHARES

एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ हजार ५ सय ११ जनाको मृत्यु भएको छ ।

यहि अवसधिमा भारतमा १ लाख ९६ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ३ लाख २६ हजार ८ सय ५० जना कोरोना संक्रमणबाट डिस्चार्ज भएका छन् । भारतमा कोरोना संक्रमण दर केहि दिनयता ओरालो लाग्दै आएको छ भने मृत्युदरमा भने कमी आएको छैन ।

भारतमा कूल संक्रमित हुनेको संख्या २ करोड ६९ लाख भन्दा बढी रहेको छ भने २ करोड ४० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

यहाँ ३ लाख ७ हजार २ सय ३१ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ८६ हजार ७ सय ८२ जना संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया