• बुधबार, साउन १३, २०८३
  • Wednesday 29th July 2026

सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहितसँग मागियो स्पष्टीकरण


  • खुला नेपाल
  • बुधबार, जेष्ठ १२, २०७८
  • 8.7K
    SHARES

 

काठमाडौँ । नेकपा एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने १२ जना निर्वतमान सांसदलाई आज स्पष्टीकरण पत्र पठाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले १२ घण्टाको समय दिएर स्पष्टीकरण सोधिएको जानकारी दिनुभयो ।
सोमबार बसेको स्थायी कमिटी बैठकले झलनाथ खनाल, माधव नेपालसहितका ११ जना नेताहरुलाई पार्टीको साधरण सदस्य समेत नरहने गरि निष्कासन गरेको थियो । भने थप १२ जनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

नेताहरु घनश्याम भुसाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई एमालेले स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया