काठमाडौं । मित्रराष्ट्र चीनले नेपाललाई तत्कालै १० लाख डोज खोप दिने घोषणा गरेको छ । नेपालमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट अत्यधिक फैलिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिनपिङबीच टेलिफोन वार्ता भएको थियो ।
उहाँहरुबीच आज पौने घन्टा टेलिफोन वार्ता भएलगत्तै चीनले यस्तो घोषणा गरेको हो ।
नेपालको हालको संक्रमणको अवस्थालाई हेरेर तत्कालै अनुदानस्वरुप १० लाख डोज खोप अनुदानस्वरूप उपलब्ध गराउने घोषणा गरेको छ ।
चीनको सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप उपलब्ध गराउने जानकार दिएको छ । यसअघि चीनले नेपाललाई ८ लाख डोज खोप उपलब्ध गराइसकेको थियो ।
-
खुला नेपाल डेस्क
खुला नेपाल झण्डै तीन दशक नेपाली पत्रकारितामा योगदान दिएका अनुभवी पत्रकारको नेतृत्वमा २०७६ सालबाट संचालनमा आएको अनलाइन समाचार पोर्टल हो ।
-
लेखकबाट अन्य
