• बिहिबार, साउन १४, २०८३
  • Thursday 30th July 2026

रेडियोकर्मी न्यौपानेको कोरोना संक्रमणले निधन


  • खुला नेपाल
  • शुक्रबार, जेष्ठ १४, २०७८
  • 9.2K
    SHARES

काठमाडौँ । ब्रोडकाष्टर्स एसोसिएसन अफ नेपाल (बान) क अध्यक्ष चन्द्र न्यौपानेको कोरोना संक्रमणबाट आज निधन भएको छ । निजी रेडियो सञ्चालकको छाता संगठन वानको नेतृत्व गर्र्दै आउनु भएका न्यौपाने सुनसरीको इटहरीस्थित सप्तकोशी एफएमका प्रबन्ध निर्देशक हुनुहुन्थ्यो ।
उहाँको शुक्रबार बिहान ८ बजे विराट अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

रेडियोकर्मी न्यौपाने सरकारद्वारा केही महिनाअघि गठित विज्ञापन बोर्डको सदस्यसमेत हुनुहुन्थ्यो । उहाँ नेकपा (एमाले) को केन्द्रीय प्रचार विभागको सदस्य हुनुहुन्थ्यो ।

कोरोना संक्रमण भएपछि उहाँको दुई सातादेखि विराट शिक्षण अस्पतालमा उपचार भैरहेको थियो । उपचारका लागि अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया